बाढीको २१ औँ दिन चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए
काठमाडौं : भोटेकोशी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र फसेकाहरूको खोजीकोक्रममा चार जनाको शव फेला परेको छन्।
बाढी आएको २१ औँ दिन बुधवार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन्। भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो।
त्यसयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी कार्य जारी छ। जलविद्युत गृहका नौ सय बढी बेपत्ता भए पनि हालसम्म जम्मा तीन जनाको मात्र सकुशल उद्धार भएको छ।
बाढीका कारण हालसम्म १३ सय ९५ जनाको मृत्यु भइसकेको छ भने अझैँ ५ हजार १ सय ३० जना बेपत्ता छन्।
भदौ ३१, २०८३ बुधबार १९:४०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।