पृथ्वीराजमार्गको कृष्णभीरमा खण्डमा ग्राभेल गरियो

पृथ्वीराजमार्गको कृष्णभीरमा खण्डमा ग्राभेल गरियो

काठमाडौं : बाढीपहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा-मुग्लिन सडकखण्डको कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा ग्राभेल गरिएको छ।

ग्राभेल गरेपछि कालोपत्रे गरिने गरी तयारी गरिएसँगै उक्त सडकखण्डमा भोलिदेखि सवारीसाधनहरू पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बाढीले क्षति पुर्याएको सडकमा सरकारी टोलीले द्रुत गतिमा काम गरेर नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको हो।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर खण्ड कटान गरेपछि उक्त सडक अवरुद्ध भएको थियो।

संघीय राजधानी काठमाडौंलाई देशका अन्य भूभागसँग जोड्ने मुख्य लाइफलाइन मानिने पृथ्वीराजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा सयौँ सवारीसाधन र हजारौँ यात्रु अलपत्र परेका थिए।

भदौ ३१, २०८३ बुधबार १०:३६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।