मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ बजे बस्दै

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बुधबार अपराह्नका लागि आह्वान गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित प्रशासनिक कामकाज, समसामयिक राजनीतिक विषय तथा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावहरूमाथि छलफल र निर्णय हुनेछ।

भदौ ३१, २०८३ बुधबार ०९:५३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।