रास्वपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन्।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बस्न लागेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

प्रवक्ता खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा छलफल हुनेछ।

यसअघि बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने समझदारी गरिए पनि हालसम्म संयन्त्र बन्न सकेको छैन। सोही विषयमा छलफल गर्न बुधबार बैठक बोलाइएको प्रवक्ता खरेलले जानकारी दिए। 

भदौ ३०, २०८३ मंगलबार १९:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।