रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
कोटगाउँबाट गाउँपालिकाको केन्द्र सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृत्यु हुनेमा जिप चालक र एक महिला रहेका छन्। उनीहरूको सनाखत हुन बाँकी छ।
जिपमा सवार कुल ११ जनामध्ये जिप धनी बलबहादुर पुनसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको छ।
घटनास्थलमा स्थानीय प्रहरी टोली पुगिसकेको छ भने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
भदौ २८, २०८३ आइतबार १०:३६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।