आइतबार सक्रिय मनसुनको प्रभाव : पहाडदेखि तराईसम्म केही स्थानमा भारी वर्षाको सम्भावना

आइतबार सक्रिय मनसुनको प्रभाव : पहाडदेखि तराईसम्म केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर सक्रिय मनसुनी वायु प्रभाव रहेको कारण आइतबार देशका पहाडी तथा तराई भूभागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। दिउँसो र राति देशका अधिकांश भूभागमा साधरणतया बदली रही हिमाली तथा पहाडी क्षेत्रमा हिमपात र वर्षाको समेत आंकलन गरिएको छ।

हाल देशभर साधरणतया बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

देशको पहाडी भू-भागका साथै सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भदौ २८, २०८३ आइतबार ०७:२१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।