नर्वेलाई हराउँदै इंग्ल्यान्ड ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा
काठमाडौं : बढो नाटकीय र प्रतिस्पर्धात्मक खेलमा नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गरेको हो। इंग्ल्यान्डले ८ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
विश्वकपमा पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वेले खेलको प्रारम्भमा अग्रता लिएको थियो। तर इंग्ल्यान्डले जवाफी गोल गरेसँगै सेमिफाइनलमा पुग्ने नर्वेको प्रयास सफल हुन सकेन। तर खेलको निर्णय भने निर्धारित समयमा हुन सकेन। खेलको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गोल गरेका थिए। त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जेड बेलिंघमले गोल फर्काएर बराबरी गरे।
दोस्रो हाफका दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समूहमा इंग्ल्यान्डले एक गोल थप्यो। अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए। यही गोल निर्णायक हुँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्यो।
खेलमा केही नाटकिय मोडहरु पनि आए। नर्वेले गोल संख्या २ पूर्याएको थियो। तर फलदिँदै सो गोल रद्ध भयो। यता डि बक्समा भएको फउलका कारण इंग्ल्यान्डले पेनाल्टी पाउने सम्भावना भए पनि भिआरले फल अस्विकार गर्ला पेनाल्टी पाएन।
अब हुने अर्जेन्टिना र स्विजरल्यान्डबीचको खेलको विजेतासँग इंग्ल्यान्डले सेमिफाइनल खेल्ने छ। यस अगाडि फ्रान्स र स्पेन सेमिफाइनलमा पुगिसकेका छन्।
असार २८, २०८३ आइतबार ०५:५३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।