नेपाल प्रिमियर लिग अक्सनमा ५२ खेलाडीको बोली लाग्दा २० लाखसहित आसिफ शेख सबैभन्दा महँगो
काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि सोमबार खेलाडीहरूको अक्सन (बोलकबोल) सम्पन्न भएको छ। अक्सनमार्फत प्रतियोगितामा सहभागी विभिन्न आठ टोलीले कुल ५२ जना खेलाडीलाई आबद्ध गरेका छन्।
विभिन्न टोलीहरूले 'ए', 'बी' र 'सी' श्रेणीका न्यूनतम ६ देखि अधिकतम ८ जना खेलाडीहरूलाई आफ्नो टोलीमा भित्र्याए। यस सिजनको अक्सनमा स्टार ब्याटर आसिफ शेख सबैभन्दा महँगा खेलाडी बने। अघिल्ला दुई सिजन जनकपुर बोल्ट्समा बिताएका उनलाई यसपटक लुम्बिनी लायन्सले अधिकतम २० लाख रुपैयाँको बोली लगाउँदै आफ्नो टोलीमा आबद्ध गरेको छ।
त्यस्तै, 'ए' श्रेणीकै अन्य खेलाडीहरू पनि उल्लेख्य रकममा बिक्री भएका छन्। रुपेश कुमार सिंहलाई विराटनगर किंग्सले १५ लाख रुपैयाँमा खरिद गरेको छ। विवेक कुमार यादव (चितवन राइनोज), त्रित राज दास (जनकपुर बोल्ट्स) र अर्जुन घर्ती क्षेत्री (पोखरा एभेन्जर्स) पनि समान १५–१५ लाख रुपैयाँमा आबद्ध भएका छन्।
'बी' श्रेणीका खेलाडीहरूमा शुभ कंसाकार (कर्णाली याक्स), किशोर महतो (लुम्बिनी लायन्स) र दीपक बोहोरा (सुदूरपश्चिम रोयल्स) अधिकतम १० लाख रुपैयाँमा बिक्री हुन सफल भए।
अक्सनबाट कुन टोलीमा को-को आबद्ध भए ?
१. विराटनगर किंग्स
खेलाडीहरू: रुपेश कुमार सिंह ('ए' - १५,००,०००), सुजन थपलिया ('सी' - ४,२५,०००), नरेन साउद ('बी' - ५,००,०००), दिलसाद अलि ('बी' - ५,००,०००), अपराजित पौडेल ('सी' - २,००,०००), प्रतीक श्रेष्ठ ('सी' - २,००,०००), इमरान शेख ('सी' - २,००,०००)
२. चितवन राइनोज
खेलाडीहरू: विवेक कुमार यादव ('ए' - १५,००,०००), मौसम ढकाल ('सी' - ३,००,०००), अशोक धामी ('सी' - २,००,०००), विपिन रावल ('सी' - २,००,०००), गौतम केसी ('सी' - २,००,०००), सलाउद्दिन खान ('सी' - २,००,०००)
३. जनकपुर बोल्ट्स
खेलाडीहरू: त्रित राज दास ('ए' - १५,००,०००), रित गौतम ('सी' - ४,२५,०००), सन्तोष कार्की ('सी' - ३,००,०००), अभिषेक तिवारी ('बी' - ५,००,०००), विशाल कुमार पटेल ('बी' - ५,००,०००), अमर सिंह रौतेला ('बी' - ५,००,०००), आशुतोष पाण्डे ('सी' - २,००,०००), विशाल सुस्लिङ ('सी' - २,००,०००)
४. कर्णाली याक्स
खेलाडीहरू: शुभ कंसाकार ('बी' - १०,००,०००), विपिन प्रसाद शर्मा ('बी' - ५,००,०००), दीपेन्द्र रावत ('बी' - ५,००,०००), सूर्य तामाङ ('सी' - २,००,०००), सचिन शर्मा ('सी' - २,००,०००), दिवान पुन ('सी' - २,००,०००)
५. काठमाडौं गोर्खाज
खेलाडीहरू: साहिल पटेल ('बी' - ५,००,०००), प्रसिद्ध जैसी ('सी' - २,००,०००), दयानन्द मण्डल ('सी' - २,००,०००), सोनु देवकोटा ('सी' - २,००,०००), कृष्ण पौडेल ('सी' - २,००,०००), देव शाह ('सी' - २,००,०००), सूर्यांशु कोइराला ('सी' - २,००,०००)
६. लुम्बिनी लायन्स
खेलाडीहरू: आसिफ शेख ('ए' - २०,००,०००), किशोर महतो ('बी' - १०,००,०००), दुर्गेश गुप्ता ('बी' - ५,००,०००), आकाश त्रिपाठी ('बी' - ५,००,०००), अरनिको प्रसाद यादव ('सी' - २,००,०००), अजय चौहान ('सी' - २,००,०००)
७. पोखरा एभेन्जर्स
खेलाडीहरू: अर्जुन घर्ती क्षेत्री ('ए' - १५,००,०००), सुदिप अर्याल ('सी' - ३,००,०००), विवेक राना मगर ('सी' - २,७५,०००), सनी बीके ('सी' - २,००,०००), प्रतीक पोखरेल ('सी' - २,००,०००), विपिन आचार्य ('सी' - २,००,०००)
८. सुदूरपश्चिम रोयल्स
खेलाडीहरू: दीपक बोहोरा ('बी' - १०,००,०००), अनिल खरेल ('बी' - ५,००,०००), मिलन बोहोरा ('बी' - ५,००,०००), सचिन भट्ट ('सी' - २,००,०००), अयुब चन्द ('सी' - २,००,०००), टेक रावत ('सी' - २,००,०००)
असार २३, २०८३ मंगलबार ००:३१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।