इङ्गल्यान्डलाई ‘रेड कार्ड’ पाएको खेलको ‘एल्लो कार्ड’ अनि पेनाल्टीको वर्षा

इङ्गल्यान्डलाई ‘रेड कार्ड’ पाएको खेलको ‘एल्लो कार्ड’ अनि पेनाल्टीको वर्षा

एजेन्सी : फिफा विश्वकपको राउन्ड अफ ३२ अन्तर्गत सह-आयोजक मेक्सिको र इङ्गल्याण्डबीचको खेल अत्यधिक रोमाञ्चक भइरहेको छ।

मेक्सिको सिटी स्टेडियमको उच्च उचाइ र घरेलु दर्शकको भारी समर्थनका बीच दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरिरहेका छन्।

खेलको ८६औं मिनेटसम्म इङ्गल्याण्डले ३-२ को संघर्षपूर्ण अग्रता बनाएको छ, जहाँ रातो कार्ड र पेनाल्टीले खेललाई थप रोचक बनाएको छ।

पहिलो मिनेटमै एल्लो कार्ड
खेलको सुरुवात नै निकै आक्रामक रह्यो। पहिलो मिनेटमै इङ्गल्याण्डका डिफेन्सिभ मिडफिल्डर डेक्लान राइसले मेक्सिकोका गिल्बर्टो मोरामाथि गरेको ट्याकलका कारण रेफ्री अलिरेजा फघानीले उनलाई एल्लो कार्ड देखाएका थिए। सुरुवातमै मुख्य खेलाडीले एल्लो कार्ड पाएपछि इङ्गल्याण्ड केही दबाबमा देखिएको थियो।

तर, खेल अघि बढ्दै जाँदा इङ्गल्याण्डले पकड बनायो। ३६औँ मिनेटमा बुकायो साकाको क्रसमा ज्युड बेलिङ्घमले हेडिङमार्फत गोल गर्दै इङ्गल्याण्डलाई सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेट नबित्दै (३८औँ मिनेटमा) कप्तान ह्यारी केनको पासमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्याण्डको अग्रता २-० मा पुर्याए।

घरेलु टोली मेक्सिकोले पनि चाँडै नै पुनरागमनको संकेत देखायो। ४२औँ मिनेटमा जुलियन क्विनोनेसले उत्कृष्ट भलीमार्फत गोल गर्दै अन्तरलाई २-१ मा झारे।

पहिलो हाफको अन्तिम समयमा मेक्सिकोले बराबरी गर्ने राम्रो अवसर पाएको थियो, तर इङ्गल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्डको बचाउ र बेलिङ्घमको महत्त्वपूर्ण रक्षात्मक प्रदर्शनका कारण इङ्गल्याण्डले पहिलो हाफमा अग्रता कायम राख्यो।

रातो कार्ड अनि पेनाल्टीको वर्षा
दोस्रो हाफ सुरु भएपछि खेलमा थप नाटकीय परिवर्तनहरू देखिए। ५४औँ मिनेटमा इङ्गल्याण्डका डिफेन्डर ज्यारेल क्वान्साले गाल्लार्डोमाथि खराब ट्याकल गरेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा रेफ्रीले उनलाई रातो कार्ड देखाए।

१० खेलाडीमा समेटिएपछि प्रशिक्षक थमस टुचेलले बुकायो साकाको स्थानमा जोन स्टोन्सलाई मैदान पठाउँदै रक्षापंक्ति बलियो बनाउने प्रयास गरे। ५८औँ मिनेटमा एन्थोनी गोर्डनलाई मेक्सिकन गोलरक्षक रान्गेलले डि बक्सभित्र लडाएपछि इङ्गल्याण्डले पेनाल्टी प्राप्त गर्यो।

६०औँ मिनेटमा कप्तान ह्यारी केनले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ३-१ को स्थितिमा पुर्याए।

संघर्षरत मेक्सिको
खेल त्यतिमै शान्त रहेन। ६७औँ मिनेटमा मेक्सिकोका गुटिएरेजलाई इङ्गल्याण्डका ह्यारी केनले लडाएपछि रेफ्रीले भीएआरको सहयोगमा मेक्सिकोलाई पेनाल्टी दिए।

यस निर्णयको विरोध गर्दा इङ्गल्याण्डका डिफेन्डर मार्क गुएहीले एल्लो कार्ड समेत पाए। ६९औँ मिनेटमा राउल जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई खेलमा २-३ को स्थितिमा ल्याए।

खेलको ७२औँ मिनेटसम्म आइपुग्दा दुवै टोलीका खेलाडीहरू शारीरिक रूपमा आक्रामक देखिएका छन्। मेक्सिकोका जोर्गे सान्चेज र इङ्गल्याण्डका निको ओ'रेलीले एल्लो कार्ड पाइसकेका छन्।

१० खेलाडीमा सीमित इङ्गल्याण्डले आफ्नो अग्रता जोगाउने प्रयास गरिरहेको छ भने मेक्सिको बराबरी गोलको खोजीमा लगातार आक्रमण गरिरहेको छ।

असार २२, २०८३ सोमबार ०८:३४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।