हाल्यान्डको दुई गोलसँगै नर्वे विश्वकपको क्वाटर फाइनलमा, ब्राजिल १६ बाटै बाहिरियो

हाल्यान्डको दुई गोलसँगै नर्वे विश्वकपको क्वाटर फाइनलमा, ब्राजिल १६ बाटै बाहिरियो

काठमाडौं : ब्राजिललाई २-१ले हराउँदै नर्वे फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। टप १६ को प्रतिस्पर्धामा एर्लिङ हालान्डले गरेको २ गोलको सहयोगमा नर्वे क्वाटर फाइनलमा प्रवेश गरेको हो।

पहिलो पेनाल्टी मिस गरेको ब्राजिलले खेलमा दोस्रो पेनाल्टीबाट पहिलो गोल गरेको थियो। नर्वे चौथो पटक विश्वकप खेलिरहेको छ। उ पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो। उता ब्राजिल ३६ वर्षपछि अन्तिम १६ टिमबाटै विश्वकपबाट बाहिरिएको छ। 

ब्राजिल विरुद्ध २ गोल गरेपछि हाल्यान्ड पनि गोल्डेन बुटको दाबेदारको सूचीमा पुगेका छन्। यो गोल संगै विश्वकपमा उनको गोल संख्या ७ पुग्यो। यस अगाडि फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीको गोल संख्या पनि ७ पुगेको छ।

 

 

असार २२, २०८३ सोमबार ०४:३०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।