कंगोका गोलकिपरले हत्तु बनाए पनि दुई गोल गरेर टिमलाई टप १६ मा पूर्याए केनले
काठमाडौं : कप्तान ह्यारी केनले दुई गोल गर्दै डीआर कंगोलाई २-ले हराएर इंग्ल्यान्डका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा पहिलो अग्रता कंगोले लिएको थियो। तर इंग्ल्यान्डका कप्तान केनले दुई गोल फर्काएर टिमलाई जिताए।
खेलको ७औँ मिनेटमा नै कंगोका ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए। अनेक पटक प्रयास गर्दा पनि इंग्ल्यान्डले गोल फर्काउन सकेन। बल्ल बल्ल खेलको ७५औँ मिनेटमा केनले गोल फर्काएर बराबरीमा पूर्याएका थिए। केनले नै खेलको ८६औँ मिनेटमा दोस्रो गोल गरे। यही गोल खेलको निर्णायक बन्यो।
असार १८, २०८३ बिहीबार ००:१४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।