हालान्डको निर्णायक गोलले टप १६ मा पुग्यो नर्वे, आइभरी कोष्ट २-१ ले पराजित
काठमाडौं : फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा नर्वेले आइभरी कोष्टलाई २-१ ले हराएर टप १६ मा पुगेको छ। अमेरिकाको डलास स्टेडियममा भएको खेलको ८६औँ मिनेटमा नर्वेका एर्लिङ हालान्डले गरेको गोल खेल जित्न निर्णायक भयो।
खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाको गोल गरेर नर्वेलाई पहिलो अग्रता दिलाएका थिए। ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डायलोले गोल गर्दै अंक बराबर बनाएका थिए। हालान्डले गोल गरेर टिमलाई अग्रता दिलाएपछि आइभरी कोष्टले गोल फर्काउन अनेक प्रयास गरे पनि सफल भएन र पराजित भए।
नर्वेले पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जितेको हो। यो जितसँगै हालान्डको गोल संख्या पनि ५ पुगेको छ। गोल्डेन बुटको प्रतिष्पर्धामा उनी भन्दा एक गोलले अर्जेन्टिनाका मेसी अगाडि छन्।
असार १७, २०८३ बुधबार ००:५६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।