रोमाञ्चक खेलमा ब्राजिलले जापानलाई २-१ ले हरायो
काठमाडौं : नकआउट चरणको फिफा विश्वकप २०२६ मा जापानलाई ब्राजिलले २-१ ले पराजित गरेको छ। पहिलो हाफ अगाडि एक गोलले अग्रता लिएको जापान विरुद्ध ब्राजिलले दुवै गोल हाफ टाइमपछि गरेको हो। राउन्ड अफ ३२ को खेल अमेरिकाको ह्युस्टन स्टेडियममा भएको थियो।
जापानका लागि काइसु सानोले खेलको २९औँ मिनेटमा पहिलो गोल गरेका थिए। जापानले पटक पटक गोलको संख्या बढाउने प्रयास गरे पनि सफल भएनन्। ब्राजिलले गोल फर्काएर बराबरी गर्दै ९० मिनेटपछि थप गोल थपेर अन्तमा विजयी भयो।
ब्राजिलका गाब्रीएल मार्टेीनेलीले इन्जुरी टाइममा गरेको दोस्रो गोल नै खेलको निर्णायक भयो। ब्राजिलका लागि पहिलो गोल मिडफिल्डर कासेमिरोले ५६औं मिनेटमा गरेका थिए।
असार १६, २०८३ मंगलबार ००:५४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।