हाफ टाइम अगाडि ब्राजिल विरुद्ध जापानको एक गोलको अग्रता
काठमाडौं : नकआउट चरणको फिफा विश्वकप २०२६ मा जापानले ब्राजिल विरुद्ध एक गोलको अग्रता लिएको छ। राउन्ड अफ ३२ को खेलमा जापानले ब्राजिल विरुद्ध एक गोल गरेर अग्रता लिएको हो।
अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा जापानका लागि काइसु सानोले २९औँ मिनेटमा गोल गरेका थिए। मैदानको बिच भागबाट एक्लै बल अगाडि बढाउँदै गरेको प्रहार गोलकिपरले रोक्न नसक्दा ब्राजिल स्तब्ध भएको थियो।
असार १५, २०८३ सोमबार २३:४४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।