उज्बेकिस्तानलाई ५-० ले हराएसँगै पोर्चुगलका रोनाल्डोको नाममा नयाँ कीर्तिमान

उज्बेकिस्तानलाई ५-० ले हराएसँगै पोर्चुगलका रोनाल्डोको नाममा नयाँ कीर्तिमान

एजेन्सी : पोर्चुगलका  क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई गोल गरेपछि यो रेकर्ड बनेको हो। अर्जेटिनी स्टार लियोनल मेसीले ६ वटा विश्वकप खेले पनि सन् २०१० मा गोल गर्न सकेका थिएनन्। रोनाल्डोले सन् २००६ यताका सबै विश्वकपमा गोल गरेका छन्। 

मेसी र रोनाल्डोले सन् २००६ देखिका ६ वटा विश्वकप खेलेका छन्। ६ वटा विश्वकप खेल्ने उनीहरू मात्र दुई खेलाडी हुन्। मंगलबारको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५-० ले पराजित गरेसँगै रोनाल्डोको नाममा समेत नयाँ कीर्तिमान बन्यो। विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान भने मेसीको नाममा छ। जारी विश्वकपको दुई खेलमा उनले पाँच गोल गरिसकेका छन्। 

असार १०, २०८३ बुधबार ००:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।