स्विडेनमाथि नेदरल्यान्ड्सको ५-१ को फराकिलो जित, एलाङ्गाको सान्त्वना गोल
काठमाडौं : कोडी गाक्पो र ब्रायन ब्रोबेयको समान दुई-दुई गोलको मद्दतले फिफा विश्वकप २०२६ को समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ।
ह्युस्टन स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई हराउँदै ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लिएको छ। खेलको पाँचौं मिनेटमै ब्रोबेयले गोल गरेर नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए।
१७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै ब्रोबेयको सामु पुगेपछि उनले दोस्रो गोल गरे। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले नेदरल्यान्ड्सको अग्रता ३-० बनाए।
५४औँ मिनेटमा गाक्पोले दोस्रो गोल गर्दै स्कोर ४-० पुर्याए। ५९औँ मिनेटमा स्विडेनका वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले उत्कृष्ट फिनिसिङमार्फत एक गोल फर्काए।
तर खेलको अन्त्यतिर समरभिलले गोल थप्दै नेदरल्यान्ड्सको ५-१ को शानदार जित सुनिश्चित गरे। यो नतिजासँगै नेदरल्यान्ड्स चार अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ।
असार ७, २०८३ आइतबार ०७:५२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।