एकीकृत एआई समाधान दिने ‘स्प्रिङबेस एआई’ अब नेपालमा

एकीकृत एआई समाधान दिने ‘स्प्रिङबेस एआई’ अब नेपालमा

काठमाडौं : अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्कले आफ्नो पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा उपलब्ध गराएको छ।

कार्यालयका फाइल, बैठकका टिपोट र तथ्याङ्कहरूलाई एआईसँग जोडेर व्यावसायिक प्रतिवेदन र कार्ययोजना तयार पार्न सहयोग पुर्याउने उद्देश्यले बनाइएको स्प्रिङबेस एआई नेपालमा मंगलबार सार्वजनिक गरिएको हो।

स्प्रिङबेस एआईले छरिएर रहेका व्यावसायिक जानकारीहरूलाई एकीकृत गरी 'रिपोर्ट', 'परियोजना विवरण', 'प्रस्ताव' र 'ड्यासबोर्ड' जस्ता व्यवस्थित नतिजामा रूपान्तरण गर्ने क्षमता राख्छ। 

विशेषगरी नयाँ पुस्ताका प्रतिभा र व्यावसायिक संस्थाहरूलाई आफ्नो कार्यक्षमता बढाउन सहयोग पुर्याउने इनोभेन्चर्स एआईले जनाएको छ। 

स्प्रिङबेस एआईका सह-संस्थापक भरत गोल्छाका अनुसार बजारमा उपलब्ध छरिएका एआई उपकरणहरूबीच समन्वयको अभावलाई चिर्न यो एकीकृत समाधान ल्याइएको हो। उनले उत्पादकत्वप्रति गम्भीर रहेका व्यक्ति, टोली र संस्थाहरूका लागि यसले एआईसँग काम गर्ने नयाँ तरिका प्रदान गर्ने समेत बताए।

अर्का सह-संस्थापक आकाश जाटियाले नेपालमा एआईको सम्भावना र यथार्थबीचको दूरी कम गर्न स्प्रिङबेस एआईले सुरक्षित पूर्वाधार उपलब्ध गराउने उल्लेख गरे। उनका अनुसार आफ्नो डाटामा पूर्ण स्वामित्व र नियन्त्रण कायम राख्दै यसको प्रयोग गर्न सकिनेछ।

स्प्रिङबेस एआईको प्रयोगका लागि प्रति महिना एक हजार ४९९ रुपैयाँ शुल्क तोकिएको छ। springbase.ai मार्फत सिधै दर्ता गरी सेवा लिन सकिनेछ। नेपालमा यसको आधिकारिक कन्ट्री पार्टनरका रूपमा 'माइन्ड स्न्याक'ले काम गर्नेछ।

असार २, २०८३ मंगलबार २१:०२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।