उपत्यकामा २४ घण्टामा २५ सय बढी सवारीचालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं : बितेका २४ घण्टामा मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
यस यस कारबाहीबाट राज्यकोषमा २० लाख ८४ हजार राजस्व दाखिला भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही गरिएको हो।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४२, निषेधित क्षेत्रमा हर्न बजाउने १६५, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२५ जनालाई कारबाही गरिएको हो।
जेठ २३, २०८३ शनिबार १०:१४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।