तराईमा तातो दिन, पहाडी भूभागमा वर्षा र हिमपात

तराईमा तातो दिन, पहाडी भूभागमा वर्षा र हिमपात

काठमाडौं : नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका विभिन्न पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी, लुम्बिनी, कर्णाली लगायतका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन (गर्मी) हुने सम्भावना छ।

आज राति कोशी प्रदेशलगायत पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्नेछ भने बाँकी तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

जेठ २३, २०८३ शनिबार ०७:४४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।