खेलकुद क्षेत्रको बजेट घट्यो
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको लागि खेलकुद क्षेत्रमा चार अर्ब तीन करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रको बजेट घटेको छ।
२०८२/०८३ मा युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरिएको थियो। हाल खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयसँग गाभिएको छ। खेलकुद क्षेत्रको लागि आउँदो चालू आर्थिक वर्षमा बजेट घटेर ४ अर्ब ३ करोड मात्रै बजेट विनियोजन गरेको छ।
आउँदो आर्थिक वर्षका लागि सरकारले खेलकुद क्षेत्रको लागि करिब ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाईट सहितको मैदान बनाउने योजना सरकारले बनाएको छ।
प्रमुख ८ शहरहरुमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना सरकारले बनाएको छ। विराटनगर, लहान, काठमाडौं, सुर्खेत, धनगढीको फाप्लामा २ हजार क्षमताको इन्डोर मल्ट्रपल मैदान ३ वर्षभित्र निर्माण गरिने सरकारले तयारी गरेको छ।
साथै क्रिकेटको लागि सरकारले मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी गिरिजाप्रसाद कोइराला, फाप्ला रंगशालाको डिजाइन मूल्याङ्कन गरी लगानी मोडालिटि तयार गरेको छ।
त्यस्तै,खेलकुदमा क्षमता भएका विद्यार्थीहरूलाई आधारभूत तहदेखि आवासीय सुविधासहित तालिम दिइने तयारी सरकारले गरेको छ।
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश पछि सम्मानजनक जीवन जिउने गरी आजीवन स्वास्थ्य उपचार गर्ने योजना सरकारले गरेको छ।
सरकारले सुर्खेतमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेशमा प्रस्तावित ११ औ राष्ट्रिय खेलकुदको लागि सरकारले आवश्यक पूर्वाधार क्षेत्र सुधार गर्ने आउँदो बजेट राखेको छ। खेलकुद क्षेत्रको लागि ४ अर्ब ३ करोड विनियोजन गरेको छ।
खेलकुद क्षेत्रमा सरकारले क्रिकेट र फुटबललाई मात्रै प्राथमिकता दिएको छ। आउँदो बजेटमा अन्य खेलकुदको विषयमा सरकारले नयाँ बजेटमा समावेश गरेको छैन।
जेठ १५, २०८३ शुक्रबार १८:१७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।