टि-२० महिला क्रिकेट : मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेट : मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौं : मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको छ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको हो।

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन् । उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाएकी हुन्।

त्यस्तै धनुश्री मुहुनानले १५ रन जोडिन भने अरिनान नातास्याले १३ रन बनाइन । त्यसबाहेक मलेसियाका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई/दुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले समान एक/एक विकेट लिइन्।

नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

जेठ ८, २०८३ शुक्रबार १०:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।