अमेरिकाविरुद्धको खेलमा डा. इशान पाण्डेको ओडीआई डेब्यु

अमेरिकाविरुद्धको खेलमा डा. इशान पाण्डेको ओडीआई डेब्यु

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते ब्याटर डा. इशान पाण्डेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा डेब्यु गर्ने भएका छन्।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध आज हुन लागेको खेलमा उनले नेपालका तर्फबाट ओडीआईमा डेब्यु गर्ने अवसर पाएका हुन्।

खेल सुरु हुनुअघि तीव्र गतिका बलर करण केसीले इशानलाई डेब्यु क्याप प्रदान गरेका थिए। योसँगै इशान नेपालका लागि ओडीआई खेल्ने ४४ औं खेलाडी बनेका छन्।

इशानले यसअघि सन् २०१९ मा टी-२०आई मा डेब्यु गरिसकेका थिए। उनले नेपालका लागि अहिलेसम्म ४ वटा टी-२०आई खेल खेलिसकेका छन्।

पछिल्लो समय घरेलु प्रतियोगिताहरू जय ट्रफी, प्रधानमन्त्री (पीएम) कप र नेपाल ‘ए’ टोलीबाट गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनले ओडीआई टोलीमा स्थान बनाएका हुन्।

उनले सात वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गरेका हुन्।

काठमाडौंमा जारी  लिग-२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

जेठ २, २०८३ शनिबार ०९:०३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।