ओमानविरुद्ध नेपाल ‘ए’ ले टस हार्यो

ओमानविरुद्ध नेपाल ‘ए’ ले टस हार्यो

काठमाडौं : नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ।

काठमाडौंस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो।

यही वैशाख १२ गतेदेखि हुने आइसिसी  विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले नेपाल ‘ए’ टोलीसँग अभ्यास खेल खेल्न लागेको हो।

त्रिकोणात्मक सिरिजमा नेपालसँगै युएई र ओमान छन्।

वैशाख ९, २०८३ बुधबार ०९:४३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।