माथिल्लो त्रिशूली–३ ‘ए’ मा सुरुङको प्रवेशद्वार खोलियो

माथिल्लो त्रिशूली–३ ‘ए’ मा सुरुङको प्रवेशद्वार खोलियो

काठमाडौं : भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको  माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोलिएको  छ। सुरुङ खुला भएसँगै भित्र फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु गरिएको छ।

प्रभावित क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि स्काभेटर र डोजर जस्ता भारी उपकरणहरू नुवाकोटको बट्टार पुर्याइएको छ। नेपाली सेनाका अनुसार ती उपकरणहरूलाई त्यहाँ खण्ड–खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा लगिनेछ।

बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ।

भदौ १४, २०८३ आइतबार १५:१०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।