रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायता दिने
काठमाडौं : रसुवा बाढी प्रभावितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै यस कठिन विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा उभिएको प्रस्ट पारेको छ।
मन्त्रालयले घोषणा गरेको उक्त सहायताअन्तर्गत बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ।
विदेश मन्त्रालयले आफ्ना नागरिकहरूको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको समेत उल्लेख छ। सहायता परिचालनका साथै अमेरिकी नागरिकहरूको सुरक्षाका लागि नेपाल र चीनस्थित अमेरिकी दूतावासहरूले एकापसमा समन्वय गरी राहत कार्यमा सघाइरहेको मन्त्रालयले जनाएको छ।
भदौ १४, २०८३ आइतबार ११:०५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।