त्रिशूलीमा बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

त्रिशूलीमा बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

काठमाडौं : रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ (पैसा तथा कागजात राख्ने सुरक्षित फलामे बाकस) फोड्ने २९ जना पक्राउ परेका छन्।

बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। 
    
उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ समेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलैन्द्र थापाले जानकारी दिए।

यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।

भदौ १३, २०८३ शनिबार ११:१७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।