भोटेकोशी बाढी : ५४७ शव फेला, २७ प्रहरी सम्पर्कविहीन
काठमाडौं : भोटेकोशी नदीमा गत बुधवार आएको विनाशकारी बाढीमा परेका हालसम्म ५४७ जनाको शव फेला परेको प्रहरीले जनायो। शुक्रबार दिउँसो ३ बजेसम्मको प्रहरीले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार उक्त संख्यामा शव फेला परे।
फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ छन्। बाढीपछि सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको संख्या हालसम्म २७ छ। जसमा एक जनाका शव फेला परेको छ।
त्यस्तै, बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ। जसमा नुवाकोटबाट ८९८, रसुवाबाट ५७२ र धादिङबाट ३ जना रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा ९४ जनाको उपचार तथा उपचार पश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
बाढीपछिको उद्धार, राहत र खोजी कार्यलाई तीव्र बनाउन प्रभावित क्षेत्रमा चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ।
भदौ १२, २०८३ शुक्रबार १७:३५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।