नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता
तस्विर : एआई

काठमाडौं : रसुवामा आज बिहान आएको भिषण बाढी विपद्पछि उद्धार, राहत तथा पुनर्निर्माण कार्यका लागि भारत, चीन र विश्व बैंकले तत्काल आर्थिक तथा सामग्रीगत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सरकारले बाढीबाट बढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङका पालिकाहरूलाई 'विपद् संकटग्रस्त क्षेत्र' घोषणा गरेसँगै अन्तर्राष्ट्रिय सहयोग जुटाउने कानुनी बाटो खुलेको हो।

विश्व बैंकका नेपाल निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बिहान १०:३५ बजे संवाद गरी विभिन्न स्रोतबाट तत्काल २५ अर्ब आपतकालीन आर्थिक सहयोग उपलब्ध गराउन सकिने जानकारी दिए।

 छिमेकी मुलुक भारतले राहतका लागि आवश्यक सामग्रीहरूको सूची मागेको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याउने गरी तयारी भइरहेको छ।

यस्तै, उत्तरी छिमेकी चीनले तत्काल नगद सहायता दिने निर्णय गरेको छ। चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले रकम हस्तान्तरणको प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग समन्वय गरिरहेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छिमेकी राष्ट्रहरू र अन्तर्राष्ट्रिय दातृ निकायहरूको यो उदार सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगको मोडालिटी (ढाँचा) तय गर्न अन्तर-सरकारी समन्वय भइरहेको बताए।

भदौ १०, २०८३ बुधबार १७:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।