भोटेकोसीको बाढी धादिङ-गल्छी पुग्यो: केही घण्टामै मुग्लिन पार हुने, त्रिशूली तटीय क्षेत्र र राजमार्ग आसपास उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पुर्वानुमान महाशाखाका अनुसार भोटेकोसीको बाढी हाल धादिङको गल्छी आसपास पुगिसकेको छ। अबको केही घण्टामा उक्त बाढी मुग्लिन पार हुने क्रममा रहेको बताइएको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, मुग्लिन-नारायणगढ राजमार्ग तथा त्रिशूली नदी किनारमा रहेका बस्ती, बजार क्षेत्र तत्काल खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।
भदौ १०, २०८३ बुधबार १०:५५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।