सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

सर्लाही : सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। स्थानीय बिजन पटेलको बाँसघारी नजिकै रहेको कच्ची घरबाट प्रहरीले करिब ३ क्विन्टल गाँजा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मङ्गलबार राति १०:१५ बजे खानतलासी गर्दा भुस राख्ने घरभित्र १५ वटा बोरामा लुकाइराखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो।

प्रवक्ता गौतमका अनुसार गाँजा बरामद भए पनि घरधनी बिजन पटेल भने फरार छन्। उनको खोजी कार्य जारी रहेको र बरामद गाँजा कसको हो तथा कहाँबाट ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

भदौ ४, २०८३ बिहीबार ११:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।