काठमाडौं उपत्यकाका यी स्थानबाट आज बिक्री हुँदैछ ग्यास
काठमाडौं : नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा ग्यास उद्योगीहरूबाट आइतबार काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दैछ।
आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ग्यास बिक्री गरिनेछ।
त्यस्तै पशु सेवा शाखा, चपली-बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास तथा राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास बिक्री हुनेछ।
नयाँ बजार जुडे हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास, तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एचपी ग्यास तथा चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री गरिने निगमले जनाएको छ।
राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ग्यास बिक्री हुनेछन्। अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएकोले ग्यास किन्न नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरिएको छ।
साउन ३१, २०८३ आइतबार ०७:५३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।