काठमाडौंका यी ५ स्थानबाट ग्यास बिक्री गर्दै आयल निगम

काठमाडौंका यी ५ स्थानबाट ग्यास बिक्री गर्दै आयल निगम

काठमाडौं : नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा एलपी ग्यास अभाव झेलिरहेका उपभोक्ताका लागि आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ५ वटा तोकिएका स्थानबाट ग्यास बिक्री वितरण भइरहेको छ।

ग्यास आयात र बिक्री नियमित भइरहेकाले निगमले अति आवश्यक परेका उपभोक्तालाई मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिई तोकिएको बिक्री केन्द्रमा जान आग्रह गरेको छ।

चाहबिलको यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डको ग्यास बिक्री हुने व्यवस्था मिलाइएको छ।

त्यस्तै, कीर्तिपुरको राधास्वामीपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डको ग्यास बिक्री गरिनेछ।

राधास्वामीपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालयपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ग्यास वितरण हुने व्यवस्था मिलाएको निगमले जनाएको छ।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री वितरण गरिरहेको जनाएको छ। त्यसैले अति आवश्यक भएका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरिएको छ। ग्यास खरिद गर्न उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

साउन ३०, २०८३ शनिबार १०:०८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।