ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले खाना पकाउने ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएकी छन्।
खाद्य आपूर्तिबारे छलफल गर्न आज आयोजना गरिएको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा मन्त्री कुमारीले सो जानकारी दिएकी हुन्। उनका अनुसार हाल पारदर्शीताका लागि गुगल फाराममार्फत ग्यास वितरणको विवरण सङ्कलन गरी सार्वजनिक गर्ने कार्य भइरहेको छ।
मन्त्री गौरीकुमारीले सिंहदरबारमा साउन २८ गतेदेखि खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताइन्। नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गरे। उनले मङ्गलबारमात्रै १३४ ग्यास बुलेट भित्रिएको बताए। उनले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दाबी गरे।
साउन २७, २०८३ बुधबार १२:३४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।