एकै दिनमा ७३८ सवारी चालक कारबाहीमा
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७३८ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
मङ्गलवार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालित विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।
जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्रगतिमा ९४, हर्न निषेधमा २८, लेन क्रसमा १५, अवस्था ठिक नभएको १०, एकतर्फीमा १० र अन्यमा ४०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
साउन २७, २०८३ बुधबार १०:४६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।