स्रोत नखुलेको साढे ५२ लाख रकमसहित वीरगञ्जबाट चार जना पक्राउ
वीरगञ्ज : स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१० बाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार छन्।
खानतलासी गर्दा उनीहरूको साथबाट आयस्रोत नखुलेको नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साउन २६, २०८३ मंगलबार १०:३९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।