चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिका-१, शाहीचोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा परी अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। मृतकको हालसम्म परिचय खुल्न सकेको छैन।

महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बसले सडकमा हिँडिरहेका ती पैदलयात्रीलाई ठक्कर दिएको थियो।

ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २५, २०८३ सोमबार ०७:५७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।