विद्यार्थी र मजदुरलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न मन्त्रीको निर्देशन
काठमाडौं : खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि सरकारले विद्यार्थी, मजदुर तथा समस्यामा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिएको छ।
साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दाबीबीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले आज काठमाडौंमा रहेका ग्यास उद्योग र डिपोको अनुगमनका क्रममा सो निर्देशन दिएकी हुन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शुक्रबार काठमाडौंमा रहेका ग्यास उद्योग तथा डिपोको अनुगमन गर्दै उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।
अनुगमनका क्रममा मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ तथा बिक्री वितरणको अवस्थाबारे जानकारी लिइन्। त्यसपछि उनी नेपाल आयल निगमको टेकुस्थित कार्यालय परिसरमा रहेको ग्यास डिपोमा पुगेर बिक्री वितरणको अवस्थाबारे अनुगमन गरेकी थिइन्।
ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन १६ गतेदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गरिरहेका छन्।
उपभोक्ताको सहजताका लागि साउन १६ गतेदेखि टेकुबाट नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यास उद्योगले प्रत्यक्ष बिक्री सुरु गरेका छन्। साथै निगमले उपभोक्ताका समस्या तत्काल समाधान गर्न ‘क्विक रेस्पोन्स टिम’ समेत परिचालन गरेको छ।
उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले ‘क्विक रेन्पोन्स टिम’ गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाइरहेको छ। उपत्यकामा मात्रै एक दिनमा करिब ४० हजार सिलिन्डर ग्यास बिक्री भइरहेको निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताए।
साउन २३, २०८३ शनिबार १६:४८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।