नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा स्कुटरमै बेहोस भएका युवकको मृत्यु
सुर्खेत : नेपालगञ्जबाट स्कुटरमा सुर्खेत आउँदै गरेका एक युवकको बाटोमै बेहोस भएर मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ का २९ वर्षीय उत्सव जिसी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार, जिसी सोही ठाउँका २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरको पछाडि सवार थिए। यात्राका क्रममा वीरेन्द्रनगर-४ स्थित हर्रे पुग्दा उनी एक्कासि बेहोस भएका थिए।
चालक घिसिङले खबर गरेलगत्तै प्रहरीले जिसीलाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
साउन २२, २०८३ शुक्रबार ०९:३०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।