यी क्षेत्रमा आज मध्यम वर्षाको सम्भावना

यी क्षेत्रमा आज मध्यम वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज दिनभर र राति पनि देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर मौसम बदली रहनेछ। पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। हाल बागमती, कर्णालीलगायतका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

लगातारको वर्षाले बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम बढाएको छ।

यसबाट सडक तथा हवाई यातायात, कृषि र दैनिक जनजीवन नै प्रभावित हुन सक्ने भन्दै महाशाखाले यात्रा गर्दा र दैनिक कामकाजमा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

साउन २२, २०८३ शुक्रबार ०७:०१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।