ग्यास वितरणका समस्या समाधान गर्न ‘क्विक रेस्पोन्स टिम’ गठन
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ।
उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो।
टोलीले आजदेखि नै कार्य सुरु गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ।
देशका कुनै पनि स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा यो टिमले तत्काल समन्वय गरी समाधान गर्ने जनाइएको छ।
साउन २०, २०८३ बुधबार १५:१३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।