पर्सामा बोराभित्र लुकाइएको २०७ किलो गाँजासहित एक जना पक्राउ

पर्सामा बोराभित्र लुकाइएको २०७ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं : पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट प्रहरीले बोरामा लुकाएर ल्याइएको दुई सय सात किलोग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाँजा ओसारपसारमा संलग्न पिकअप चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।

साउन २०, २०८३ बुधबार १२:५२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।