मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खस्यो; एक जनाको मृत्यु, चालक घाइते
मकवानपुर : त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३—००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक राति करिब २:३० बजे दुर्घटनामा परेको हो। लगातारको वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ट्रकमा सवार राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अर्जुन कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएका अर्जुनलाई चिकित्सकले बिहान ९:१५ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा ट्रक चालक २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
साउन २०, २०८३ बुधबार ११:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।