कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं : मनसुनको न्यूनचापीय रेखा नेपालको तराई नजिक रहेकाले हाल देशभर मनसुन सक्रिय छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर बादल लागेको छ भने देशका धेरैजसो स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ।

विभागले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ भने पहाड र तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर मौसम बदली रहनेछ। मधेस प्रदेश लगायत देशका अधिकांश पहाडी र तराई क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। हिमाली क्षेत्रमा राति पनि हिमपात हुनेछ।

साउन २०, २०८३ बुधबार ०७:०५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।