सप्तरीमा कल्भर्टमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
जनकपुरधाम : हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गएराति पकरीबाट बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो।
दुर्घटनामा परि मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।
गम्भीर घाइते अवस्थामा दुवै जनालाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले सन्तोषलाई मृत घोषणा गरेका थिए भने गम्भीर घाइते शङ्करलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साउन १९, २०८३ मंगलबार १५:५४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।