मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन

मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन
फाइल तस्बिर

काठमाडौं : सडकमाथिबाट पहिरो खसेर आज दिउँसोदेखि आवागमन बन्द भएको मुग्लिङ-नारायणगढ खण्ड सञ्चालनमा आएको छ। 

नेपाल प्रहरीका अनुसार जिल्ला चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित आज दिउँसो सडकमाथिबाट पहिरो खस्दा दुईतर्फी रूपमा आवागमन अवरुद्ध भएको थियो। 

उक्त खण्डमा झरेको पहिरो पन्छाएपछि आवागमन पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

साउन १८, २०८३ सोमबार १६:०७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।