मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध, पहिरो पन्छाउने काम जारी
काठमाडौं : मुग्लिन बजार नजिकै सोमबार दिउँसो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक खण्ड पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोमबार दिउँसो २:१० बजे पहिरो खसेपछि सडक दुवैतर्फ ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो खसेको स्थानमा १ वटा उपकरण परिचालन भइसकेको छ भने थप २ वटा उपकरण पठाइएको जनाइएको छ।
पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
यसअघि सोमबार बिहान पनि सोही सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा एकतर्फी सडक सञ्चानमा ल्याइएको थियो। बिहानको पहिरो पन्छाएर भर्खरै सडक दुईतर्फी सञ्चालनमा ल्याइए तापनि फेरि पहिरो खसेर सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ।
साउन १८, २०८३ सोमबार १५:०६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।