सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो
रामेछाप : सिन्धुलीमा यात्रुवाहक बसले सडक किनारमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ।
प्रहरीका अनुसार फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा सोमबार बिहान करिब १०:३० बजे सडक किनारमा रोकिराखिएको कारलाई यात्रुवाहक बसले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो।
स्थानीयका अनुसार सुनकोशीमा बेपत्ता भएको कारमा चार जना सवार थिए। दुर्घटनाग्रस्त कार मध्यपहाडी लोकमार्ग निर्माण आयोजनामा कार्यरत ठेकेदार तिलकुमार लामाको रहेको खुलेको छ।
घटनालगत्तै प्रहरी र स्थानीय उद्धार टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य तीव्रताका साथ अघि बढाएका छन्। तर, नदीको तीव्र बहावका कारण अहिलेसम्म कार र बेपत्ता यात्रुहरूको स्थिति पत्ता लाग्न सकेको छैन। सिन्धुली प्रहरीले घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ।
साउन १८, २०८३ सोमबार १३:१९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।