बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रात्रिकालीन सवारी बन्द

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रात्रिकालीन सवारी बन्द

म्याग्दी : भारी वर्षा र विपद्को जोखिमलाई ध्यानमा राख्दै म्याग्दीका दुई प्रमुख सडक खण्डमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा आइतबार र सोमबार साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातार भारी वर्षाको प्रक्षेपण गरेपछि सम्भावित दुर्घटना र जोखिम टार्न यस्तो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

साउन १८, २०८३ सोमबार ०७:२५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।