कुवेतमा आक्रमणबाट ज्यान गुमाएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा आक्रमणबाट ज्यान गुमाएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

काठमाडौं : उत्तरी कुवेतमा बिहीबार भएको एक आक्रमणमा परी ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको पार्थिव शरीर आज स्वदेश ल्याइँदै छ।

परराष्ट्र मन्त्रालयका अनुसार उनको शव कुवेत एयरवेजको उडानमार्फत काठमाडौं ल्याउन लागिएको हो।

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित रोजगारदाता कम्पनीसँग आवश्यक समन्वय गरी कानुनी प्रक्रिया पूरा गरेर पार्थिव शरीर नेपाल पठाउने प्रबन्ध मिलाएको हो।

साउन १६, २०८३ शनिबार १५:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।