भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह

भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह
फाइल तस्बिर

वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक सद्भाव बिथोल्ने खालका भ्रामक सामग्री पोष्ट नगर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक र इन्स्टाग्राम लगायतका माध्यमबाट सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्याउने अफवाह, फोटो र भिडियो पोष्ट, लाइक, कमेन्ट वा शेयर नगर्न आग्रह गरे।

जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र जुलुसमा सहभागी नहुनसमेत अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी दाहालले भावनामा बगेर कानुन हातमा लिने वा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य पूर्णतः दण्डनीय हुने भएकोले त्यसो नगर्न पनि अपिल गरे। 

साउन १५, २०८३ शुक्रबार १४:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।